Comments Add Comment

Advertisment

SKIP THIS

डिशहोम फाइबरनेटको सहवितरण सोरुम टिकाथलीमा

५ फागुन, काठमाण्डौं । डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलीमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फागुन ४ देखी डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा सुरु गरिएको सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्ने भएको छ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर रामसुन्दर सिलाकार र रविन थापाको उपस्थितिमा सम्पनन् भएको हो ।

डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको टेककेयर टेक्नोलोजिले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुममार्फत प्रदान गर्ने भएको हो ।

२ हजार बढी ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको टेककेयरले अब अझ बढी ग्राहककोमाझ पुग्नको लागि नयाँ सोरुमले मद्दत गर्ने संचालक दिपक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै