Comments Add Comment

Advertisment

SKIP THIS

डलर देखाएर ठगी गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ

काठमाडौं । डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भई गोकर्णेश्वर नगरपालिका-४ तालिन्चोक बस्ने रामबहादुर तामाङ, उनकै श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने शंकर रेग्मी रहेका छन् ।

ठगी आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो। यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन्। उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइएको छ।

रामबहादुरले सस्तोमा डलर साटिदिने भन्दै सामाजिक सञ्जाल वा विभिन्न माध्यमबाट ग्राहक खोजेर लोभ्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले पीडितबाट मोटो रकम लिएर उनीहरूलाई भने कागजको बिटो दिएर ठगी गर्ने गरेका थिए ।

रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।

उनीहरूले काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायत जिल्लामा यसरी ठगी गर्ने गरेका थिए।

प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै