Comments Add Comment

Advertisment

SKIP THIS

चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

५ असार , काठमाडौँ  । चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिक उत्सवको अवसरमा घोषणा भएको चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कोरोना भाइरसको महामारीका कारण विगत तीन वर्ष यता हुन् नसकेको सम्पूर्ण सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।

शनिबार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

सम्मान तथा पुरस्कार प्रदान गर्दै मन्त्री कार्कीले विधागत पत्रकारिता गरिरहेकाहरूलाई हौसला मिलोस् भन्ने हेतुले उपस्थित भएको बताए । ‘विधागत पत्रकारिता गरिरहेको तपाईंहरु अझैँ अगाडी बढ्नु पर्छ । तपाईंहरुले केन्द्र झैँ मोफसलमा समेत शाखाहरू मार्फत विधागत पत्रकारितालाई अगाडी बढाउन खेलिरहेको भूमिका अझैँ सार्थक रहोस्’ मन्त्री कार्कीले भने ।

समारोहमा चलचित्र पत्रकारिता सम्मान २०७७ बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भएका थिए । चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट नगद राशि २५ हजार सहित दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल ) पुरस्कृत भए ।

यस्तै , चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा , चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नगद राशि ५१ हजार सहित कुमार आचार्य र गीता अधिकारी,चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ बाट एकथान ल्यापटप सहित मनोज न्यौपाने र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट नगद राशि २५ हजार सहित रेम रसाइली (कास्की) पुरस्कृत भएका छन् ।

कार्यसमितिको घोषणा अनुसार २०७८ बाट पुरस्कार राशि दोब्बर बढाउँदै रोकिरहेको मोफसल पत्रकारिता पुरस्कारलाई संघले पुनः सुचारु गरेको हो । चलचित्र पत्रकारिता सम्मान २०७९ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९बाट नगद राशि ५१ हजार सहित नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट एकथान ल्यापटप सहित उद्धव रसाइली र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नगद राशि २५ हजार सहित श्रीराम अर्जुन (मकवानपुर) पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै