विमान दुर्घटना : शवको पहिचान गर्न काठमाडौंबाट फरेन्सिक विज्ञ पोखरा पठाइयो -
Comments Add Comment

विमान दुर्घटना : शवको पहिचान गर्न काठमाडौंबाट फरेन्सिक विज्ञ पोखरा पठाइयो

२ माघ , काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा परेका यात्रुको (शव) पहिचानका लागि काठमाडौंबाट २ जना फरेन्सिक विज्ञ पोखरा पठाइएको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार दुर्घटनास्थलमा फेला परेको शवमध्ये अधिकांशको पहिचान हुन नसकेकाले फरेन्सिक विज्ञहरु पठाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा गोपाल चौधरी र डा समारिका दाहाल पोखरा पठाइएको बताए ।

यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको हो ।

पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो । विमानमा ७२ जना सवार थिए । जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds