Comments Add Comment

Advertisment

SKIP THIS

बाढी प्रभावित क्षेत्रमा अध्ययन शुरु

०३ फाल्गुन , काठमाडौं । मनाङ जिल्लामा गत असारमा आएको बाढी पहिरोका कारण बस्ती नै समस्यामा परेपछि सरकारले यसको अध्ययन गरेर सुरक्षित बस्ती बसाउने तयारी गरेको छ।

गत बर्षातमा मर्स्याङ्दी नदी आसपासको क्षेत्रमा निजी घरवस्ती तथा सार्वजिक भवन, पूर्वाधार र सम्पत्तिको ठूलो क्षति भएकोले यी बस्ती र सार्वजनिक सम्पत्ति जोगाउन अध्ययन शुरु गरिएको हो ।

खासगरी, मनाङको नासों गाउँपालिका वडा नं १ तालगाउँमा नदी नियन्त्रण गरी वस्ती जोगाउने र ताचै गाउँ पहिरो नियन्त्रणका लागि समेत समग्र अध्यययन गरी प्रतिवेदन पेश गर्नका लागि नेपाल सरकार गृह मन्त्रालय ल्म्च्च्ः बाट आएको जिओलोजिष्ट, जलविज्ञानविद् र इञ्जिनियर संलग्न प्राविधिक विज्ञ सहितको टोलीले यहाँको स्थलगत अध्ययन गरेको हो।

विज्ञटोलीले दिने प्रतिवेदन वमोजिम आगामी बर्षात् अगावै तत्काल नदी तथा पहिरो नियन्त्रण गरी बस्ती बचाउने काम शुरु गरिने जिल्ला प्रसासन कार्यलय मनाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै