२० असार , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सहयोगमा पार्टीले दुई सिट बढाएको खुलासा गरेका छन् ।
निलम्बित महामन्त्री ढकालको प्रतिवेदनमो सो कुरा उल्लेख गरिएको हो । ढकालले कांग्रेस महामन्त्री गगन थापा लडेको काठमाडौं–४ मा पार्टीले जित्ने रिपोर्ट हुँदाहुँदै उनलाई छोडेर गल्ती भएको प्रतिवेदनमा लेखेका छन् ।
![]()


