Comments Add Comment

Advertisment

SKIP THIS

राजनीतिक प्रतिशोध त्यागेर रवि लामिछानेको रिहाइ गर्न सरकारसँग रास्वपाको माग, आन्दोलन जारी राख्ने

कार्तिक ११ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई रिहाइको माग गरेको छ।

शनिवार बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको प्रवक्ता मनिष झाले बताए ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने राख्ने निर्णय पनि गरेको उनले बताए।

बैठकले आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने गरेको छ।

प्रवक्ता झाले भने, ‘राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने । आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिनेछ।’

पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने पनि निर्णय गरेको छ। यस्तै, स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन बैठकले दिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment