Comments Add Comment

Advertisment

SKIP THIS

आज दिनभरिको मौसम

७ चैत , काठमाडौ । अहिले देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव सामान्य छ । आज बिहान प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम सामान्यतयाः सफा रहने छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । यसैगरी प्रदेश नं १ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैबीच, देशभरको तापक्रम बढ्ने क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै