१५ माघ , काठमाडौँ । इलाका प्रहरी कार्यालय संखुवासभा,वानामा कार्यरत प्रहरी निरीक्षक जिवन कुमार गौतम पौष महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
इलाका प्रहरी कार्यालय प्रमुखको नेतृत्वमा कार्यरत रहेका प्रहरी निरिक्षक गौतमले प्रहरीको जिम्मेवारीमा लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन रहेर काम गरेको भन्दै जिल्लामा पौष महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
प्रहरी निरीक्षक जिवन कुमार गौतमले नेपाल प्रहरीको विभागीय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लिन रहने क्रममा मिति २०७८।०९।०५ गते अन्दाजी २३:५५ बजेको समयमा जिल्ला संखुवासभा पाँचखपन नगरपालिका वडा न.-०३ सिभुवा बस्ने दिपन राईको श्रीमती अन्दाजी बर्ष २९ कि बिष्णु माया राई (लिम्बु ) आफ्नै घर भित्र भुईमा सुती रहेको अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय वाना संखुवासभाबाट निज प्रहरी निरीक्षकको कमाण्डमा खटिगई घटना स्थलको प्रकृती र मृतकको शरिरमा देखिएको चोटपटकको शुक्ष्म रुपमा विश्लेषण गर्दा शंकास्पद रहेको देखिएकोले निजको श्रीमान दिपन राईलाई नियन्त्रणमा लिई घटनाको बरेमा सोधपुछ गर्ने क्रममा निजले उक्त घटना घटाएको भन्ने अनुसन्धानबाट खुल्न आएको हुँदा निजलाई तत्काल पक्राउ गरी ।
कानूनी दायरामा ल्याई आफुलाई सुम्पिएको जिम्मेवारी तथा आफ्नो पदिय दायित्व संगठनको लक्ष्य अनुरुप अनुशासित, ईमान्दारी तथा वफादारी पुर्बक उत्कृष्ट तवरबाट सम्पादन गरी स्थानिय जनमानसमा प्रहरी प्रतिको आत्मविश्वास र शान्ती सुरक्षाको प्रत्याभुति दिलाउन सफल भएको हुँदा प्रहरी निरीक्षक जीवन कुमार गौतमलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल पुस महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको छ ।







