Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराई नेपाल प्रहरीलाई अब्बल साबित गर्न आईजीपी सिंहको निर्देशन 

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहले मातहतका सुरक्षा निकाय र प्रहरी अधिकारीहरुलाई निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने अभिभारालाई सफलतापूर्वक निर्वाह गर्ने गरी खटिन आवश्यक निर्देशन दिइसकेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशनको क्रममा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न ७७ वटै जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् ।

निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई अब्बल साबित गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूले आफ्ना मातहतमा खटिने प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन र आफ्नो जिम्मेवारीसम्बन्धी आवश्यक ब्रिफिङ गर्न पनि भनेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकोले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । हरेक काम औचित्य पुष्टि हुने गरी हुनुपर्ने र कर्तव्यको क्रममा गरिएका काम–कारबाहीप्रति संगठनको सदैव साथ रहने उनको भनाइ छ ।

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न ७७ वटै जिल्ला प्रहरी प्रमुखलाई अधिकार सुम्पिएको स्पष्ट गर्दै उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउन आग्रह गरे ।

“मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस् । केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर कोही आत्तिनु पर्दैन”, उनले भने ।

प्रहरी महानिरीक्षक सिंहले थपे, “ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई उत्साहका साथ सुरक्षाको प्रत्याभूति गराउनुस् ।” प्रहरी महानिरीक्षक सिंहले मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा (कुदृष्टि) लगाएमा, सम्झनुस्, त्यो तपाइँका विरुद्धको कुदृष्टि हो भने । उनले भने, “त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै