Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुर शिक्षालयमा प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१औं समूहको दीक्षान्त समारोह सम्पन्न

नेपाल प्रहरी शिक्षालय भरतपुरमा मिति २०७९साउन १८ गतेदेखि सञ्चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१ औं समूहको मिति २०७९ पुस १४ गते शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षकले उत्कृष्ट प्रशिक्षार्थी प्राविधिक प्रहरी अधिकृतहरू लगायत उत्कृष्ट कार्य गर्ने प्रहरीकर्मचारीहरूलाई पुरस्कार वितरण गर्नुभई दीक्षान्त निर्देशनको क्रममा दीक्षित प्रशिक्षार्थीहरूले गरिमामय समारोह समक्ष लिएको सपथले मन, वचन र कर्मले आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित हुनुका साथै आफ्नो कर्तव्य प्रति जवाफदेही बन्न अनुबन्धित समेत भएको कुरामा पूर्ण विश्वस्त रहेको बताउनुभएको थियो ।

सम्बोधनका क्रममा प्रमुख अतिथी निर्देशकले नव दीक्षित संगठनका सदस्यहरूले संगठनको गौरवमय परम्परा, आदर्श र गरिमालाई बुझेर तथा संगठनले अख्तियार गरेको नीति र आवश्यकता अनुसार संचालित तालिमको माध्यमबाट आफ्नो पदमा रही निर्वाह गर्नुपर्ने भूमिका र कार्य सम्पादनका लागि आवश्यक ज्ञान, सीप, कौशल र धारणामा सकारात्मक परिवर्तन तथा विकास भएको तथा प्रशिक्षणकै दौरान प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशभरका विभिन्न स्थानमा कमान्डरको रूपमा खटिई सफलतापूर्वक आफूलाई सुम्पिएको जिम्मेवारी सम्पन्न गरी देखाउनुभएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभई अब कार्यक्षेत्रमा समेतराष्ट्रले माग गरेकोयोगदान दिन सक्षम भएकोमा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।

विज्ञान र सुचना प्रविधिको अभूतपूर्व विकास सँगसँगै अपराधिक गतिविधिमा ती प्रविधिको प्रयोगले अपराधमुक्त समाज निर्माणको सुन्दर सपनामा चुनौती बढ्दै गईरहेकोले नागरिकलाई सुरक्षा र न्यायको प्रत्याभुति दिलाउन विज्ञान र प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको छ, जसको लागि आवश्यक दक्ष व्यवसायिक जनशक्तिको परिपुर्तिमा दीक्षित प्राविधिक प्रहरी अधिकृतहरुले उक्त कार्यमा विशिष्ट योगदान पुर्याउनु हुनेछ भन्ने समेत प्रमुख अतिथीज्यूले विश्वास व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथीले व्यावसायिक जिवनमा सामना गर्नुपर्ने विषयहरू निकै संवेदनशील एवं जटिल रहेको तर्फ इंगित गर्नुहुँदै त्यस्ता चुनौतीहरूलाई ईमान्दार, निष्पक्ष र व्यावसायिक भएर सामना गर्न निर्देशन दिनुभएको थियो भने आफ्ना सन्ततिहरूलाई नेपाल प्रहरी मार्फत जनताको सेवामा समर्पित हुन मार्ग दर्शन तथा प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण अभिभावकज्यूहरु प्रति हार्दिक आभार समेत व्यक्त गर्नुभएको थियो ।

समारोहमा तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले प्रस्तुत गर्नु भई प्रशिक्षार्थीहरूलाई शब्दोच्चारणद्वारा सपथ ग्रहण गराउनु भएको थियो भने प्रहरी नायव उपरीक्षक राजन चापागाईज्यूले प्रमुख अतिथी लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महिला ४८ र पुरुष ८३ जना गरी कुल १३१ जना (प्रा.प्र.स.नि. ४२ जना र प्रा.प्र.ना.नि. ८९जना) प्रशिक्षार्थीहरू दीक्षित यस प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३१औं समूहमा सर्वप्रथम प्राविधिक प्रहरी नायव निरीक्षक करिस्मा कुँवर, सर्वद्वितीय प्राविधिक प्रहरी सहायक निरीक्षक गोपाल रम्तेल, सर्वतृतीय प्राविधिक प्रहरी नायव निरीक्षकद्वय सतिस थारू र अनुपा कुमारी तिवारी, अध्ययन प्रथम प्राविधिक प्रहरी नायव निरीक्षक सुनिता कटवाल, कवाज प्रथम प्राविधिक प्रहरी सहायक निरीक्षक विकास प्रसाद यादव, प्रहरी युक्ति तथा कारबाही प्रथम प्राविधिक प्रहरी नायव निरीक्षक सनोज कुमार बरई, शारीरिक व्यायाम प्रथम प्राविधिक प्रहरी सहायक निरीक्षक दिपेन्द्र कटवाल तथा चाँदमारी प्रथम प्राविधिक प्रहरी नायव निरीक्षक पवन ढकाल भएका छन् ।

दीक्षान्त समारोहमा वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनका कार्यकारी निर्देशक डा.देज कुमार गौतमज्यू, भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलज्यू, चितवन मेडिकल कलेज भरतपुरका एसोसिएट प्रोफेसर बिनिता पौडेल अधिकारीज्यू, जिल्लास्थित सरकारी कार्यालयका प्रमूखज्यूहरु, जिल्ला सुरक्षा समितिका सदस्यज्यूहरु, सञ्चारकर्मीज्यूहरु, उद्योग वाणिज्य संघ लगायत विभिन्न व्यवसाय तथा संघ संस्थामा आवद्द व्यक्तित्वज्यूहरू, सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीज्यूहरू, दीक्षित भई जाने प्रशिक्षार्थीहरूको अभिभावकज्यूहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै