कर्णाली प्रदेशको उपसभामुखका लागि कांग्रेस र माआवादीको उम्मेदवारी -
Comments Add Comment

कर्णाली प्रदेशको उपसभामुखका लागि कांग्रेस र माआवादीको उम्मेदवारी

४ माघ , काठमाडौं । कर्णाली प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार दिउँसो १ बजेका लागि तोकिएको उपसभामुखको निर्वाचनमा कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् । उनीहरु दुवैजना समानुपातिक सांसद हुन् ।

गठबन्धनबीच सहमतिअनुसार उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने कांग्रेसकी शाही एक्लै चुनावमा भिड्न लागेकी हुन् । ४० सदस्यीय कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र एक÷एकजना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds