Comments Add Comment

Advertisment

SKIP THIS

दलका बारेमा जाँचबुझ जारी , २६ गते अन्तिम नामावली

२० फागुन , काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ जारी रहेको छ ।

आगामी ३० वैशाखमा तय भएको निर्वाचनका लागि दर्ता भएका ८० दलका बारेमा आयोगले जाँचबुझ गरिरहेको हो ।

आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ गरिसके पछि २६ फागुनमा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट सुनिश्चितता गरिसकेको उल्लेख गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी बिरोध गर्नका लागि आह्वानसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै