Comments Add Comment

Advertisment

SKIP THIS

फ्रान्सका राष्ट्रपति माक्रोन फेरि निर्वाचित

१२ बैशाख , काठमाडौं । फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ ।

प्रमुख प्रतिश्पर्धी मारिनले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहो¥याउनु भएको हो ।उहाँले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो ।

दोस्रो चरणमा उहाँका प्रतिश्पर्धी पेनले ४१.४ प्रतिशत मत पाउनु भएको थियो । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३.९ प्रतिशत मत पाएका थिए । राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गर्नु भएको छ । उहाँँको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।

उहाँलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिनु भएको छ । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ । राससरएएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै