३१ असोज , काठमाडौँ । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौँले लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम ताम्राकार पार्टी भेन्यु पनौतीमा सनिवार सम्पन्न गरेको छ । धितोपत्र नियमन निकायको अन्तर्राष्ट्रिय संस्था International Organazation of Securities Commission (IOSCO) या आव्हानमा २०७९ असोज २६ गते देखि कार्तिक १ गते सम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देशब्यापी रुपमा सचेतना कार्यक्रम भईरहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडका लगानी ब्यवस्थापन प्रमुख अञ्जु महर्जनले शेयर बजार सम्बन्धि बेसिक, फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिनुभयो । साथै धितोपत्र बजारमा जोखिम रहित लगानीका लागि महत्वपूर्ण सुझाव तथा जानकारीहरु दिनुभयो । महर्जनले दोश्रो बजारमा धितोपत्र कारोबार गर्दा कम्पनीको वित्तीय विवरण तथा कम्पनीको ब्यवस्थापन हेरेर मात्र लगानीगर्न सुझाव दिनुभयो । साथै लगानीगर्ने तिब्र ईच्छा भएर पनि समय र ज्ञानको अभाव भएमा क्यापिटलले लगानी ब्यवस्थापन गरिदिने जानकारी दिनुभयो ।

क्यापिटलका वित्त ब्यवस्थापन प्रमुख मञ्जुषा श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्नु भयो । साथै श्रेष्ठले हितग्राही खाता संचालन, शेयर अभौतिकरण तथा लगानी ब्यवस्थापन सम्बन्धमा क्यापिटलबाट निःशुल्क परामर्श तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै जानकारी दिनुभयो । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेलका शाखा प्रबन्धक हरिकृष्ण दाहालले हितग्राही खाता तथा मेरो शेयरको सेवा बैंकका शाखा कार्यालयबाट प्रदान गर्दै आएको र लगानी ब्यवस्थापनमा समेत बैंकको शाखा मार्फत सहजिकरण गरिने जानकारी दिनुभयो । कार्यक्रममा शेयर लगानीकर्ता, बैकर्स, उद्योगी, ब्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा, नाला, साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिको लागि समय समयमा शेयर तथा पूँजीबजारसँग सम्बन्धित तालिम, वर्कसप तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड सेञ्चुरी कमर्सियल बैङकद्घारा प्रबर्धित मर्चेन्ट बैंकर हो । बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा १४८ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत बैकिङ्क सेवा प्रदान गर्दै आइरहेको छ ।





