Comments Add Comment

Advertisment

SKIP THIS

स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्याङ्जा । स्याङ्जामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै बसले ठक्कर दिँदा अजित बोटेको मृत्यु भएको हो।

माघे संक्रान्तिको दिन बिहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदलयात्रु बोटेलाई ठक्कर दिएको थियो ।

सोही ठाउँका बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै