Comments Add Comment

Advertisment

SKIP THIS

बानेश्वर क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ । बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डार्ट गर्नका लागि वन कार्यालय स्युचाटारबाट टोली बोलाइएको थियो । भैंसी कहाँबाट सडकमा आयो भन्नेबारे प्रहरीले जानकारी पाएको छैन।

 

बुद्धनगरको सडकमा आएको भैंसी नियन्त्रणमा लिन प्रहरी वृत्त बानेश्वरको टोली खटिएका थियो । प्रहरीले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको थियो ।

भैंसी बुद्धनगर, ढुंगेधारा हुँदै शंखमुल पुगेपछि ज्ञान निकेतन स्कुलको कम्पाउन्डमा पुगेपछि नियन्त्रणमा लिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै