Comments Add Comment

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठकले गर्यो ७ वटा निर्णयहरु

१९ माघ, काठमाडौँ । आज भक्तपुरमा बसेको सचिवालय बैठकले ७ वटा निर्णयहरु गरेको एमालेले जनाएको छ । आज सम्पन्न नेकपा एमाले केन्द्रीय सचिवालय बैठकका निर्णयहरु:

१. पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्ने ।

२. प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने ।

३. अधिबेशन हुन बाकी जिल्लाहरुको अधिवेशनस्थानीय निर्वाचन अघि नै सम्पन्न गर्ने ।

४. स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने ।

५. युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनहरुका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने ।

६. पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।

७. बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै