Comments Add Comment

Advertisment

SKIP THIS

एआईजी श्याम ज्ञवालीले पर्यटक प्रहरी कार्यालयको निरीक्षण गरि प्रहरी कर्मचारीहरूलाई निर्देशन

काठमाण्डौ, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले ‘नेपाल भ्रमणमा आउने पर्यटकहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा सकारात्मक जानकारी गराई पर्यटन प्रवर्दनमा थप योगदान पुर्‍याउने हुनाले नम्र वोली, वचन र व्यवहारद्वारा उनीहरुलाई सुरक्षित गन्तव्यमा पुग्ने तथा फर्कने वातावरण बनाई आइपर्ने समस्या समाधान गर्न हरदम प्रयत्नशील रहन’ नेपाल प्रहरी संगठनको दुत ‘पर्यटक प्रहरी’लाई निर्देशन समेत दिनुभयो ।

साथै आपराधिक गतिविधिमा समेत पर्यटकहरूको संलग्नता रहेको स्मरण गराउनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले पर्यटकहरूबाट हुनसक्ने सम्भावित अपराध रोकथाम तथा अनुसन्धानमा सम्बन्धित निकायहरूको समन्वयमा उच्च मनोवल र व्यवसायीक निष्ठाका साथ विवेकपूर्ण कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुईटेल, पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठ लगायत जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै