Comments Add Comment

Advertisment

SKIP THIS

एसपी सन्तोष आचार्यद्वारा हराएका २१ वटा मोटरसाइकल फेलापारि धनीलाई जिम्मा लगाए

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार एक कार्यक्रम गरी प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

योसँगै भदौ महिनामा २९ वटा सवारी साधन धनीलाई जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै