Comments Add Comment

Advertisment

SKIP THIS

२ किलो चरेशसहित युवक पक्राउ

२० पुष , काठमाडौं । चरेश बोकेर भारततर्फ जाँदै गरेका युवकलाई सशस्त्र प्रहरीले बाराबाट पक्राउ गरेको छ । बाराको सुवर्ण गाउँपालिका–३ स्थित सतगञ्जबाट ३० वर्षीय राजकुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले बताए ।

आरोपी भारतीय नागरिक हुन् । सतगञ्ज सीमा इलाकामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनको साथमा चरेश फेला परेको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कबहिगोठले पक्राउ गरेर आरोपीलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त सूचनाको आधारमा बिओपीबाट खटिएको टोलीले राजकुमार सवार बी.आर–०५ ए.भी. ३०४२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चरेश फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment