Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी श्रीमती संघद्वारा भुकम्प पिडितका लागि सहयाेगार्थ प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

काठमाडौँ । नेपाल प्रहरी श्रीमती संघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग प्रदान गरेको छ ।

भूकम्प पीडितको पुनर्स्थापनाका लागि नेपाल सरकारलाई सो रुपैयाँ प्रदान गरेको नेपाल प्रहरी श्रीमती संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

सहयोग स्वरूपको चेक ग्रहण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रूपमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताएकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास बालुवाटारमा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लगायत संघका अन्य पदाधिकारीहरुको समुपस्थितिमा प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषका लागि चेक हस्तान्तरण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै