Comments Add Comment

Advertisment

SKIP THIS

डेंगी संक्रमितको संख्या ३८ हजार नाग्यो , ४७ को मृत्यु

२८ असोज , काठमाडौं । साउनयता डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ४७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २७ गतेसम्म संक्रमितको संख्या ३८ हजार ९१८ र मृतकको संख्या ४७ पुगेको हो ।

हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार १०२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा ८ हजार ५५४ र भक्तपुरमा २ हजार ४७५ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार १३१ पुगेको छ ।

उपत्यका बाहिर मकवानपुरमा ३ हजार ९३३, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ३८९ तथा रुपन्देहीमा १ हजार १७५ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै