२० साउन , काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट वर्ल्ड कप लिग-२ का लागि २२ क्रिकेटरलाई बन्द प्रक्षिणमा बोलाएको छ । विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने आसन्न श्रृङ्खलाको तयारीका लागि क्यानले २२ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद र सोमपाल कामीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
यस्तै करण केसी, गुल्सन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि टोलीमा छन् ।


