Comments Add Comment

Advertisment

SKIP THIS

समानुपातिक सांसदको नामावलीमाथि छानविन सुरु

२५ मंसिर , काठमाडौ । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची सच्याउन दलहरुलाई दुई दिनको समय दिएको छ ।

आयोगले राजनीतिक दलहरुले बुझाएको समानुपातिक सिद्धान्त र क्लस्टरअनुसार नमिलेको नाम सच्याएर बुझाउन सोमबारसम्म समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।

दलहरुले बुझाएको नामावलीमाथि आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउने छ । निर्वाचन आयोगका अनुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

बन्दसूचीभित्रैबाट नाम परेरनपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए÷नभएको छानबिन गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment