Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा आगोले जली एक वृद्धको मृत्यु

०२ फाल्गुण , काठमाडौं । सर्लाहीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका –८, सोल्टीमा आगोले जलेर एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । ६६ वर्षीय रामआशिष साहको आफ्नै घर अगाडि आगोले जलेर मृत्यु भएको हो । सर्लाही प्रहरीले घटना शङ्कास्पद देखिएको जनाएको छ ।

प्यारालाइसिसको बिरामी रहनुभएका स्थानीय वृद्ध पुरुष आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरुले पानी हालेर आगो निभाए पनि बचाउन नसकिएको बताएका छन् । छिमेकी रामप्रवेश पण्डितले सोमबार बिहान २ बजेतिर रामआशिषको घर अगाडि अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हतार–हतार पानी हालेर निभाएको बताउनुभयो ।

आइतबार राती घरमै सुत्नुभएका वृद्ध अचानक घर अगाडि भएको आगलागीमा कसरी पर्नुभयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीको भनाई छ । वृद्धसँगै परिवारका अन्य सदस्यहरु पनि राती घरमै सुतेका थिए ।

रामअशिषका दुई छोराहरु भने बरहथवा बजारमा चिरान मिल सञ्चालन गरेर बस्ने गरेको बुझिएको छ । सोमबार बिहान घटनास्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले घटना सम्वन्धका अनुसन्धान भइरहेको बताउनुभयो । मृतक वृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

चट्याङ लागेर एक वृद्धको मृत्यु

साइकलको ठक्करबाट एक वृद्धको मृत्यु