Comments Add Comment

Advertisment

SKIP THIS

विदेश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने गुण्डा नाइके विरेन मानव तस्करी आरोपमा प्रहरी खोरमा

काठमाडौ : प्रहरीले आपराधिक पृष्ठभूमिका विरेन कुँवरमाथि विभिन्न कोणबाट अनुसन्धान थालेको छ । एक साताअघि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले कुँवरलाई मानव तस्करी आरोपमा पक्राउ गरेको थियो ।

ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार कुँवरसहितको समूहले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीका लागि नेदरल्यान्ड्स पठाइदिने भन्दै माेेटो रकम ठगी गरेको खुलेको थियो ।

ब्युरोका एसपी पंगेनीले भने, ‘हामीले सुरुमा मानव तस्करी अरोपमा पक्राउ गरेका हौँ । पछि तस्करी नभएर ठगी देखिएपछि थप अनुसन्धानका लागि काठमाडौं प्रहरीमा पठाएका छौँ ।’

दार्चुलाका कुँवर लामो समयदेखि काठमाडौंमा गुण्डगर्दी गर्दैं आएका थिए । कुँवरले आपराधिक गतिविधिबाट नै काठमाडौंमा करोडौँको सम्पत्ति जोडेका छन् ।

कुँवर काभ्रेका गुण्डा नाइके दावा लामाका सहयोगी हुन् । कुँवरको समूहले विभिन्न व्यक्तिबाट ५२ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै