डेंगुका बिरामी बढे काठमाडौँ उपत्यकामा -
Comments Add Comment

डेंगुका बिरामी बढे काठमाडौँ उपत्यकामा

१४ भदौ , काठमाडौ । डेंगुका बिरामी बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा डेंगु बिरामीको चाप बढ्न थालेको छ ।

वीर अस्पतालमा मात्रै दैनिक डेंगुका बिरामी डेढ सय जनासम्म उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ । पछिल्ला केही दिनयता साढे दुई सयदेखि तीन जनासम्म ज्वरोका बिरामी अस्पताल पुग्ने गर्छन् । जसमध्ये आधा जसोमा डेंगु पुष्टि हुने गरेको डा। शैलेन्द्र श्रेष्ठ बताउँछन् । डेंगु पुष्टि भएकामध्ये २५ प्रतिशत अस्पताल भर्ना हुने गर्छन् ।

वीर अस्पतालमा मात्रै होइन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा सबैभन्दा बढी डेंगुकै बिरामी उपचारका लागि पुग्न थालेका छन् ।अस्पतालका सूचना अधिकारीका नवराज गौतमका अनुसार दुई दिनयता दैनिक ५० भन्दा बढी ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । ज्वरो आएर अस्पताल पुग्ने मध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको उनले बताए । अस्पतालमा डेंगु सङ्क्रमणका कारण आईसीयूमा ४, क्याबिनमा २, जर्नल वार्डमा १५ जनाको उपचार आइरहेको सूचना अधिकारी गौतमले बताए ।

नेपाल एपीएफ अस्पतालमा पनि दैनिक ६ जनासम्म डेंगुका बिरामी भर्ना हुने गर्छन् । एमर्जेन्सीमा आउने मध्ये दैनिक १५ जनालाई ठाउँ नभएकाले फिर्ता गर्ने गरिएको अस्पतालले जनाएको छ । एपीएफका चिकित्सा विभाग प्रमुख डा। रोशन कुमार झा भन्छन्, ‘आज मात्रै छ जनालाई डिस्चार्ज गरियो भने छ जना बिरामी भर्ना हुनुभएको छ ।’

हालसम्म ३२ जना डेंगु सङ्क्रमणका कारण अस्पताल भर्ना भएको डा। झाले सुनाए । ओपीडीमा दैनिक ज्वरोका बिरामी ५० देखि ६० जना आइपुग्ने उनले बताए । जसमध्ये धेरै जसोलाई डेंगु पुष्टि हुने उनले बताए ।

उता त्रिवि शिक्षण अस्पताल ९टिचिङ० मा पनि ज्वरो आएर अस्पतालमा डेंगु परीक्षण गर्न पुग्ने दर बढेको छ । अस्पतालले ज्वरो आएर परीक्षण गर्न आउनेको गन्ती नगरे पनि डेंगुका कारण पछिल्ला दिनमा ८ देखि १० जनासम्मलाई अस्पतालमा भर्ना हुने अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी सुनाउँछन् ।

अन्य अस्पतालमा जस्तै डेंगुको परीक्षण र उपचार गराउने दर बढे झैँ बानेश्वर स्थित सिभिल अस्पतालमा पनि बढेको निर्देशक डा। विधाननिधि पौडेल बताउँछन् । डेंगु सङ्क्रमणका कारण दैनिक ८ देखि १० बिरामी भर्ना हुने गर्छन् । ज्वरोसँगै अन्य लक्षण देखिएर अस्पताल जाँच गराउन आएका मध्ये रगतमा सेतो मात्रा कम भएका र प्रेसर कम भएकालाई मात्रै अस्पताल भनौँ गर्ने गरिएको चिकित्सकहरू बताउँछन् । लक्षण देखिएका अधिकांशलाई घर पठाइने गरेको वीर अस्पतालका डा।श्रेष्ठ बताउँछन् ।

एपीएफका चिकित्सा विभाग प्रमुख डा। रोशन कुमार झाले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखिएका डेंगु पुष्टि भएका बिरामीलाई घरमै आराम गर्न पठाइने उनले बताए । उपत्यका अस्पतालहरूले डेंगु बिरामी बढे पनि प्रेसर कम भएका, खाना नरुच्ने, बान्ता धेरै हुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीलाई मात्रै अस्पतालले भर्ना लिने गरेको डा। झाले बताए ।

यस्तै, काठमाडौँ उपत्यका तीन जिल्लामध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा ८५६ केस पुष्टि भएको छ । यस्तै, काठमाडौँ जिल्लामा ३३२ र भक्तपुरमा ७० केस भेटिएको ईडीसीडीले जनाएको छ । ईडीसीडीका अन्तर्गत भेक्टर कन्ट्रोल सेक्सन प्रमुख डा।गोकर्ण दाहालले ललितपुरमा ह्वात्तै बढेको केस अब क्रमशः घट्ने अनुमान लगाउँछन् ।

उनी भन्छन्, ‘ललितपुरमा स्वास्थ्य, स्थानीय तहहरूले लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य भइरहेकाले डेंगुका केस घट्छ होला ।’

यद्यपि काठमाडौँ जिल्लामा अझै दुईचार दिनसम्म डेंगुका केस बढ्ने प्रक्षेपण गरिएको छ । ईडीसीडी र काठमाडौँ जिल्लाका स्थानीय तहहरू बीच डेंगु भएका लामखुट्टे बढ्न नदिनका लागि छलफल भएको थियो । सोही छलफल अनुसार लामखुट्टेको लार्भा नष्ट गरिनेछ ।

२५ सय बढीमा डेंगु पुष्टि

बर्खायाम लागेसँगै गएको दुई महिनाको अवधिमा २१ सय ९२ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिका छ महिनाको अवधिमा ४ सय डेंगु केस भेटिएको थियो । अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो ।

नेपालमा अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका केस पुष्टि हुने गर्छ । डेंगु जलवायु परिवर्तन भएसँगै डेंगु तराईबाट उक्लिएर पहाड र हिमाल पनि देखिन थालेको छ । तराईका हिमाली जिल्ला मुगु, कालिकोट, बैतडी लगायतका जिल्लाहरूसमेत डेंगुका केस भेटिएका छन् ।

तराई–मधेसमा बढी देखिने डेंगु २०१८ पछि पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखापरेको थियो । सन् २०१९ मा नेपालमा डेंगुको प्रकोप देखिएको थियो । ०६७ मा डेंगुले प्रकोपको रूप लिँदा १० हजार ८०८ केस पुष्टि भएको थियो । जसमध्ये छ जनाको मृत्यु भएको थियो ।

डेंगुका लक्षण

डेंगु एडीस एजिप्टी र एडिस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ । एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने,आफ्नो दैनिकी खानपानमा रुचि नलाग्ने हुन्छ ।

पूरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमला प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने र पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न चिकित्सकहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds