काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शपथ खुवाएका हुन्।
राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतको ३१औं प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, संवैधानिक अंगकका प्रमुखहरू, न्यायाधीश, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा प्रमुखको उपस्थित थिए।






