ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु -
Comments Add Comment

ट्यांकरको ठक्करबाट बारामा प्रहरी जवानको मृत्यु

४ वैशाख , काठमाडौ । बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका २ सञ्चार नजिक सोमबार राति तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो ।

घाइते उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment