Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ महानगरको कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न

२४ जेठ , काठमाडौं । काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो ।

गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका छन् ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । ८ जनामध्ये ५ जना वडाको महिला सदस्य पदमा विजय हासिल गरेकामध्ये उम्मेदवारी दिएकाबाट निर्वाचित हुने र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएका व्यक्ति निर्वाचित हुनेछन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहभागिता रहेको छ ।

निर्वाचनमा महिला सदस्यका तर्फबाट कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसबाट कञ्चना नेपाली हरिजन, मीना सिंह, मीना सुनार र ललिता खड्गीको उम्मेदवारी परेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीकातर्फबाट मैयाँ लक्ष्मी महर्जनको उम्मेदवारी परेको छ । यसैगरी नेकपा एमालेकातर्फबाट शर्मिला परियार, शारदा सुवेदी, शोभा कार्की, हीरादेवी पोखरेल र हेराशोभा डंगोलको उम्मेदवारी परेको छ ।

यसैगरी दलित वा अल्पसंख्यकतर्फ नेकपा एमालेबाट केशव भुजेल, चन्द्रकला सुन्दास र प्रेम पोडे पुजारीकोको उम्मेदवारी छ । यस्तै नेपाली कांग्रेसकातर्फबाट बिनोद अछामी र महेश नेपालीको उम्मेदवारी छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अनिता कार्की ढली उम्मेदवार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै