Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको भ्यानबाटै फरार भएको ब्याक्तीलाई ७२ घण्टा भित्र पक्राउ गर्न सफल धनुषा प्रहरी

धनुषा , ईलाका प्रहरी कार्यालय सवैलाबाट अनुसन्धानको क्रममा धनुषा अदालतबाट म्याद थप गरेर फर्केने क्रममा प्रहरीको गाडीबाट हाम फाली फरार रहेको राजाबाबु मुखियालाई धनुषा प्रहरीले ७२ घण्टा भित्र पक्राउ गर्न सफल रहेको छ ।

फरार रहेको मुखियालाई प्रहरीले खोजतलाश गर्ने क्रममा धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले धनुषा जनकन्नदनी ईनर्वा स्थित भारतिय सिमा नजिक भारत तर्फ जानको लागि लुकी बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान भई रहेको धनुषाका एसपी बिश्वराज खड्काले बताएका छन्

धनुषा जिल्लाको शहिदनगर नगरपालिका स्थित यदुकुहा र सशस्त्र क्याप्पको बिचको नहरमा धनुषा सबैला किरतपुर बस्ने जबर्जस्ती मुद्दाका थुनुवा वर्ष २८ को राजाबाबु मुखियालाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय सवैला धनुषाबाट अनुसन्धानको क्रममा धनुषा जिल्ला अदालतबाट दोश्रो पटक १० दिन म्याद थप गरी कार्यालय तर्फ फर्किदै गरेको अवस्थामा गाडीबाट नहरको पानीमा हाम फाली फरार भएको थियो ।

साथै उक्त थुनुवा गाडीमा सुरक्षार्थ खटिएको ६ जना प्रहरी कर्मचारीहरू माथि प्रहरी नियमावली अनुसार आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाईएको एसपी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै