Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा “दि अनकाउन्टेड यूथ” गठन : ओझेलमा परेका युवालाई मुख्यधारमा ल्याउने अभियान सुरु

काठमाडौँ, तारकेश्वर — समाज विकास, युवा सशक्तिकरण र समावेशी चेतनाको विस्तार गर्ने उद्देश्यका साथ तारकेश्वर क्षेत्रमा “दि अनकाउन्टेड यूथ (अगणित युवा)” नामक नयाँ युवा समूह औपचारिक रूपमा गठन गरिएको छ।

“अगणित युवा” भन्ने अवधारणाले समाजमा योगदान दिँदै आए पनि पहिचानबाट वञ्चित, अवसर नपाएका तथा ओझेलमा परेका युवाहरूलाई समेट्ने लक्ष्य राखेको छ।

विभिन्न पेशा तथा विधामा दक्षता हासिल गरेका अनुभवी युवाहरूको सहभागितामा स्थापित यस समूहले समुदायस्तरमै सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन लक्ष्य अघि सारेको छ। समूहको नेतृत्व युवा अभियन्ता नील विक्रम थापा ले सम्हाल्नुभएको छ।

यस समूहमा चिकित्सक, शैक्षिक परामर्शदाता, संरचनागत प्राविधिक, सूचना प्रविधि (आईटी) विज्ञ, इन्जिनियरलगायत विभिन्न क्षेत्रका पेशेवरहरूको सक्रिय संलग्नता रहेको छ, जसले यसलाई बहुआयामिक क्षमतायुक्त संस्था बनाएको छ।

“दि अनकाउन्टेड यूथ” ले विशेषगरी ,युवा तथा महिला सशक्तिकरण, करियर परामर्श ,ज्येष्ठ नागरिकको सम्मान र हेरचाह

जस्ता विषयमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी, समुदायको आवश्यकता अनुसार स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, महिला शिक्षा प्रवर्द्धन, वातावरण संरक्षण तथा जनचेतनामूलक अभियानहरू पनि सञ्चालन गरिने समूहले जानकारी दिएको छ।

समूहका प्रतिनिधिहरूका अनुसार, तारकेश्वर क्षेत्रका युवाहरूलाई सही दिशा र अवसर प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नु नै प्रमुख उद्देश्य हो।

साथै, समाजका विविध समस्याहरू समाधान गर्न युवाहरूलाई अग्रपङ्क्तिमा ल्याउँदै जिम्मेवार र सशक्त समुदाय निर्माण गर्ने लक्ष्य लिइएको छ।

स्थानीयवासीहरूले यस पहललाई सकारात्मक रूपमा लिँदै समुदायमा नयाँ ऊर्जा र सम्भावनाको सुरुवात भएको बताएका छन्।

“दि अनकाउन्टेड यूथ” को स्थापनाले तारकेश्वरमा सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै