Comments Add Comment

Advertisment

SKIP THIS

कार र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

२४ असोज , काठमाडौं । मोरङको सुन्दरहरैचा नरपालिका–८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराइली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०२९ प ८१५४ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बिराट चोकले नियन्त्रणमा लिएको छ । –न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment