Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरमा SEE लक्षित कार्यक्रम सम्पन्न : आत्मविश्वास, तयारी र सफलतामा जोड

तार्केश्वर नगरपालिकाद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा (SEE) लक्षित कार्यक्रम–२०८२ को समापन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी तथा शिक्षा समिति प्रमुखको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

SEE परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रममा विशेष तयारी कक्षा, अभिमुखीकरण तथा मनोवैज्ञानिक परामर्शका गतिविधिहरू समावेश गरिएको थियो। कार्यक्रममा तार्केश्वर नगरपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि, परीक्षा रणनीति, समय व्यवस्थापन तथा सफलताको उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

समापन कार्यक्रममा जनप्रतिनिधि, शिक्षा शाखाका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

तार्केश्वर नगरपालिकाले आगामी दिनहरूमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै