Comments Add Comment

Advertisment

SKIP THIS

वुमन्स एसिया कपः पाकिस्तानविरुद्ध भिड्दै नेपाल

६ साउन , काठमाडौ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन्।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका ७ : १५ बजेबाट सुरु हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित गरेको थियो।

नेपाल लगातार जितसहित सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ। यस्तै, पाकिस्तान भने पहिलो जितको खोजीमा हुनेछन्।
सन् २०१६ मा भएको एसिया कपमा भेट भएको पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment