Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा ऐतिहासिक शुरुआत : प्रथम घोडेजात्रा महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न

काठमाडौं — तारकेश्वर नगरपालिका मा पहिलोपटक आयोजना गरिएको प्रथम घोडेजात्रा महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

परम्परागत रूपमा टुँडिखेल मा मात्र सीमित रहेको घोडेजात्रा अब तारकेश्वरमा पनि सुरु भएको छ, जसले स्थानीय स्तरमै सांस्कृतिक पहिचानलाई नयाँ आयाम दिएको छ।

तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित टुसालचौरमा आयोजित उक्त कार्यक्रम एभरेष्ट हर्स राईडिङ्ग एण्ड बग्गि प्रा.लि.को सह-आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी लगायत विभिन्न शाखाका प्रमुखहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, पत्रकार तथा स्थानीय अग्रज व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवमा परम्परागत घोडेजात्रा प्रदर्शनसँगै विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप रङ्गीन बनाएका थिए।

नेपालका ७५३ वटै स्थानीय तहहरूमध्ये पहिलोपटक तारकेश्वर नगरपालिकाले घोडेजात्रा महोत्सवको सुरुवात गरेको दाबी गरिएको छ, जसले यस नगरपालिकालाई सांस्कृतिक नवप्रवर्तनको अग्रपंक्तिमा उभ्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै