प्रहरीले काठमाडौंको विभिन्न क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका ७ वटा कार बरामद -
Comments Add Comment

प्रहरीले काठमाडौंको विभिन्न क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका ७ वटा कार बरामद

काठमाडौं : काठमाडौंको विभिन्न क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका ७ वटा कार बरामद भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ती कारहरू बरामद गरेको हो। त्यस्तै रोयल इन्फिल्डको एउटा मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

ती कारहरू भन्सार छली वा चोरी पैठारी गरी ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी मिलन केसीका अनुसार करोडौं मूल्य बराबरको कार बरामद भएको हो।

उनका अनुसार भे१च ३६९९ नम्बरको स्कर्पियो, DL 8 CBE 9498 नम्बरको क्रेटा, बागमती प्रदेश ०१-०२४ च १२०४ नम्बरको BREZZA, UP 25 CS 4842 नम्बरको VENUE, बा१६च ४०८५ नम्बरको क्रेटा, बागमती प्रदेश ०१-०२८ च ०५५८ नम्बरको BREZZA, बागमती प्रदेश ०१-०२७ च १३८७ नम्बरको BREZZA र बागमती प्रदेश ०२-०१२ प १११७ नम्बरको Royal Infield मोटरसाइकल बरामद भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै