Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली काँग्रेसकाे अन्तिम बैठक आज बस्दै

२३ मंसिर काठमाडौ । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक आज बस्दैछ । कांग्रेसको १४औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

कांग्रेसले त्यसअघि केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने नेता केशव रिजालले जानकारी दिए । बैठकमा महाधिवेशनमा लैजाने प्रतिवेदनहरु अनुमोदन गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा सुरु हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित हुने नेता रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment