Comments Add Comment

Advertisment

SKIP THIS

वीरगंजबाट १५ किलो चरेशसहित २ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा । जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाइकलसहित दुई जना व्यक्तिलाई बुधबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही जिल्लाको पटेर्वासुगौली गाउँपालिका ५ बस्ने ३५ बर्षिय सत्य नारायण माझी र ४० बर्षिय प्रलाद माझीलाई बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकलको ट्याङकीमा लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चरेश र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझार्ईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै