१४ असार, काठमाडौ । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको हो ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४० र ५० वर्षका पूर्ण दर्नाल छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।