Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वरमा शिक्षकहरूका लागि कडा एक्सन! २ दिने PT तालिम र उत्प्रेरणा कार्यक्रम—शिक्षामा गुणस्तर बढाउने अभियान सुरु

काठमाडौं, तारकेश्वर — तारकेश्वर नगरपालिकाको आयोजनामा “पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार” भन्ने नारासहित सामुदायिक विद्यालयका PT शिक्षकहरूका लागि दुई दिने प्रार्थना व्यवस्थापन तथा सांगितिक PT तालिम सम्पन्न भएको छ।

यसैबीच शिक्षक, कर्मचारी तथा कार्यालय सहयोगीहरूका लागि “म जिम्मेवार शिक्षकः म तयारी गर्छु र पढाउँछु, सिकाउँछु” शीर्षकमा एक दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम पनि सञ्चालन गरिएको छ।

२०८२ साल चैत्र ६ गतेदेखि सुरु भएको उक्त कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल तथा शिक्षा प्रमुख सुदिन राज बुढाथोकीको उपस्थिति रहेको थियो।

तारकेश्वर नगरपालिकाको सभाहलमा सञ्चालन भएको कार्यक्रम चैत्र ७ गते पनि निरन्तर जारी रहेको छ। राष्ट्रिय शैक्षिक अभियान्ता तथा प्रशिक्षक हरिश वलीले सहजीकरण गरिरहेको यस तालिममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको छ।

शिक्षण पद्धतिमा सुधार, अनुशासन अभिवृद्धि, उत्प्रेरणा तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै