०४ जेठ , काठमाडौं । गत बैशाख ३० गते स्थानीय चुनाव सम्पन्न भएर नतिजा आउने क्रम जारी छ ।
खेलमा कसैको जित र हार भइ नै हाल्छ । जित्ने उमेद्वार नमात्तिनु र हार्ने उमेद्वार नआत्तिनु नै राजनीतिक संस्कारको परिपालन हो । नेता त्यो हो , जसमा नेतृत्व गर्न सक्ने क्षमता हुन्छ अनि कार्यकर्ता त्यो हो, जसमा धैर्यताको बांध बलियो हुन्छ ।
तर यहाँ त के देखियो भने ” खुकुरी भन्दा कर्द लाग्ने ” भने जस्तो नेतृत्व लिने भन्दा नेतृत्वमा पुर्याउन सहयोग गर्ने कार्यकर्ताको सान र मान नै पृथक ढंगको हुने एक अर्काप्रतिको बोली, वचन , चालचलन र ब्यबहारमा उत्तेजित हुने, म र मेरो पार्टी नै सर्वेसर्वा हो भन्दै बिपरित सिद्दान्त अनुसरण गरेका ब्यक्तिहरुप्रति घृणाको दृष्टिकोणवाट हेर्ने मानसिकताले ब्यक्तिगतरुपमा राजनीतिक फाइदा त होला नै तथापी सामाजिक चिन्तन गरेकै हुन भने यसले समाज परिवर्तन कहिलै हुदैन ।
तथापी, मतगणना र नतिजा आउने क्रम जारी छ । जित्ने जनप्रतिनिधिले जनमतको कदर गर्दै समाजको विविध क्षेत्रमा बिकासको गतिलाइ अग्रता दिन सक्नुपर्छ र पराजित हुने जनप्रतिनिधिहरुले पनि आफुलाइ आएको अमूल्य मतको कदर गर्दै म पनि समाजमा केही न केही कार्य गरेर देखाउंछु भन्ने भावनाकासाथ अगाडि बढ्न सक्नु पर्छ ।
तर नेपालको पतिप्रेक्षयमा कुरा गर्दा सवै पार्टीका जनप्रतिनिधिलाइ जसरी नि नजिती नहुने अनि जसरी नि नजिताइ नहुने यो खराव मानसिकताले मनी र मसलको दुरुपयोग भएको छ नै ।
चुनाव झन दिन प्रतिदिन खर्चिलो र भड्किलो हुँदै गइरहेको छ । इमान्दार, नैतिकवान , जांगरिलो, सामाजिक चिन्तन गर्ने तर मनी र मसल नहुने मानिसले अवको जुनसुकै चुनाव पनि आकाशको फल आंखातरी मर को स्थितिमा आएको छ ।
चुनावमा पैसामा बिकेका मतदाताको विवेकमा खडेरी नै लाग्दछ भने पैसा खर्च गर्ने जनप्रतिनिधिको ध्यान नै भ्रस्टाचार, नातावाद, कृपाबाद , फरियावाद र डनवादमा केन्दृत हुने भएकोले हामी जनताले कसरी गर्ने समृद्दि र बिकासको अपेक्षा ?







