Comments Add Comment

Advertisment

SKIP THIS

बैतडी हत्या घटना : दाइको सहयोगमा भाइले गरे हत्या

४ माघ , काठमाडौ । बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार नियन्त्रणमा लिएको छ । यसअघि डम्बरको हत्या आरोपमा हरिश अवस्थीलाई प्रहरीले थुनामा राखिसकेको छ । प्रहरीले नवराज र हरिश काका(बाबुका छोरा भएको पनि जानकारी गराएको छ ।

प्रहरी अनुसन्धानबाट हत्या गर्न नवराजले भाई हरिशलाई सघाएको खुलेको छ । हरिशले दिएको बयानको आधारमा नवराजलाई प्रहरीले पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले जानकारी गराएका छन् । उनले अनुसन्धानका क्रममा नवराजले हत्यामा आफूले सहयोग गरेको स्वीकारेको पनि बताएका छन् । नवराज र हरिशको घरको दूरी १ घण्टाको रहेको र उक्त हत्याको दिन नवराज र हरिश साथमै रहेको पनि अनुसन्धानबाट खुलेको उनले बताएका छन् ।

हरिशले गत पुस १४ मा डम्बरलाई फोन गरेर खर्काधार जंगलमा बोलाएका थिए । प्रहरीका अनुसार त्यहाँ दुबैजनाका बीचमा झगडा भएको थियो । झगडा कै क्रममा डम्बर भीरबाट लडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि हरिशले डम्बरलाई ढुंगाले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा नवराजले सघाएपनि कुन तरिकाले सहयोग गरेका हुन् त्यसका बारेमा भने अझै बिस्तृत खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै