९ साउन , काठमाडौ । कैलालीको अत्तरियामा रहेको एक होटलमा अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका, २ स्थित आर्दश गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालकसहित एक महिलालाई पक्राउ गरिएको हो ।
होटल सञ्चालक डोटीको घण्टेश्वरका ३५ वर्षीय प्रकाश थापा र कैलालीको घोडाघोडी नगरपालिका, २ की ३० वर्षीया विमला सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनीहरुको कोठाबाट कण्डम, इकोन ट्याब्लेट, सरजोल क्रिम पनि फेला बरामद भएको छ । उनीहरुमाथि मालाखेती प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।