काठमाडौं : प्रहरी संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हाले

काठमाडौं जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा काज सरुवा भएका एसएसपी भुपेन्द्र खत्रीलेले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण पश्चात एसएसपी खत्रीले उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउन सफल एसएसपी खत्रीले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गरेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

उपत्यकामा अपराधिक क्रियाकलाप पनि मौलाउँदै गएको अवस्थामा सरकारले उपत्यकाका लागि एसएसपी खत्रीलाई खटाएको हो । ‘काबिल’ अधिकृतका रुपमा परिचित एसएसपी खत्रीले काठमाडौंको कमान्ड सम्हाले सँगै उपत्यकाभित्रको सुरक्षा व्यवस्थाको चुस्तता र आपराधिक क्रियाकलापलाई निमिट्यान्न पार्ने जिम्मेवारीसमेत थपिएको छ ।