१५ मंसिर काठमाडौ । थप ३ सय १६ जनामा कोरोना (कोभिड) १९० संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार ६ सय ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ५८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ५९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ३१ सय ६८ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ जना पुगेको छ ।





