Comments Add Comment

Advertisment

SKIP THIS

कडा सुरक्षाबीच बर्दिया कांग्रेसको जिल्ला समितिको निर्वाचन : मतदान केन्द्रमा मोबाइल निषेध

१३ मंसिर ,काठमाडौ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बर्दियामा जिल्ला कार्यसमितिको निर्वाचनलाई मध्यनजर राख्दै सुरक्षाको व्यवस्था कडा पारिएको छ ।

मतदानस्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीका एक अधिकारीका अनुसार पार्टीको निर्वाचनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले सांसद र पालिकाको निर्वाचनमा सुरक्षा दिनुपर्दा कस्तो अवस्था होला भन्दै प्रश्न समेत गरे ।

गुलरिया नगरपालिकाको मैदानको भवनभित्र मतदानस्थल राखिएको छ । जिल्लाभरका १ हजार ६ सय २२ जना मतदाता रहेको कांग्रेसले जनाएको छ ।

सभापति, उपसभापति, सचिव, उपसचिवलगायत केन्द्रीय, क्षेत्रीय प्रतिनिधि सदस्य पदका लागि ९३ जनाले ४५ पदका लागि प्रतिस्पर्धा गरिरहेको निर्वाचन समितिले जनाएको छ । सभापतिमा संस्थापन पक्षका अरुणसिंह राठौर र पौडेल पक्षका भुवनेश्वर चौधरीले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै