काठमाडौं, तारकेश्वर — तारकेश्वर नगरपालिका वडा नं. ८ गैरी गाउँस्थित शिवमन्दिर नजिकै रहेको प्रतीक्षालयमा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीयका अनुसार बिहानै उक्त व्यक्तिलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो।
धर्मस्थली प्रहरीका नायव निरीक्षक भुवन जर्गा मगर घटनास्थलमा पुग्दा ती पुरुष अचेत अवस्थामा रहेको पुष्टि भएपछि थप अनुसन्धानका लागि बालाजु प्रहरी वृत्तलाई जानकारी गराइएको थियो।
मृतकको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार मृतकको परिवारको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ।
यसबीच केही सहयोगी मनहरूले मृतक परिवारलाई आर्थिक सहयोगसमेत गरेका छन्।
घटनास्थलमा मुचुल्का उठाउने तयारी भइरहेका बेला स्थानीय जनप्रतिनिधि मोहन खत्रीको समेत उपस्थिति रहेको छ।
प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै थप अनुसन्धान अघि बढाएको जनाएको छ ।



