Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्रमा डिआइजीकाे बढुवाकाे चक्कर

१६ जेठ , काठमाडौं । सशस्त्र प्रहरी बलमा तीनवटा डिआइजीकाे पद रिक्त भएको छ। डिआइजी चन्द्रप्रकाश गाैतम एआइजिपीमा बढुवा सिफारिस भएसंगै तीनवटा पद रिक्त भएका हुन । राजु अर्याल आइजिपी र नारायण दत्त पाैडेल यसअघि नै एआइजिपी भएपछि दुईवटा पद रिक्त भएको थियो । रिक्त तीन डिआइजिपीमा नाै एसएसपीकाे बढुवाकाे दावी रहेपनि दुई जनाले स्टाफ कलेज पास नगरेको कारण उनीहरू बढुवाकाे प्रतिस्पर्धाबाट स्वतः बाहिरिएका छन् । स्टाफ कलेज पास नहुने एसएसपीहरूमा प्रकाश थापा र बिनाेद श्रेष्ठ रहेका छन् ।सशस्त्र प्रहरीमा एसएसपीबाट डिआइजीमा बढुवा हुनका लागि स्टाफ कलेज अनिवार्य रूपमा पास गर्नुपर्ने प्रावधान रहेको छ।

रिक्त तीन डिआइजीकाे प्रतिस्पर्धामा सुरेन्द्र श्रेष्ठ , दीपेन्द्र शाह , दीपक अधिकारी , पुरूषाेत्तम थापा, बिनाेद श्रेष्ठ , अन्जनी पाेखरेल , कृष्ण ढकाल , मनिष श्रेष्ठ र प्रकाश थापा रहेका छन् ।अब प्रतिस्पर्धामा सात जना एसएसपी रहेका छन् । हाम्रो समाचार स्रोतले यी मध्ये दीपेन्द्र शाह , दीपक अधिकारी र अन्जनी पाेखरेलकाे बढुवा हुनसक्ने दाबी गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नो सचिवालयमा केही हेरफेर गरेका छन् । डिआइजी देखि आफैसंग रहेका केदार सापकोटालाई डेक्समा ल्याएका छन् भने डिएसपी गुन्जन प्रताप मल्ल पनि सचिवालयमा रहेेेका छन् । निवासमा भने निरीक्षक श्यामबाबु घिमिरेलाई लगेका छन् ।उनी सिंह बहादुर श्रेष्ठ आइजिपी हुदा उनको स्टाफ अफिसर थिए।यसैगरी सशस्त्र प्रहरीको सबैभन्दा महत्त्वपूर्ण शाखाको रूपमा चिनिएको कर्मचारी प्रशासन मा नरेन्द्र साउदलाई ल्याइएको छ।

एआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको नियमावली अनुसार एआईजीमा बढुवा सिफारिस गरेको हो ।अब, एकसाता उजुरी सुन्ने निकायमा कुनै उजुरी नपरे सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ । डीआईजी गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै